कोरोना लागेपछि रक्सी खाँदा…

कोरोना भाइरस संक्रमणबाट पाँचथरमा दुई जनाको निधन भएको छ ।

तीमध्ये एक संक्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ)का कारण मृत्यु भएको छ ।

तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएकी ६५ वर्षीया महिलाको शुक्रबार पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो।

जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनीसहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो।

संक्रमित महिलाको मुखबाट रगत बान्ता गर्ने समस्याका कारण ज्यान गएको जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहले जानकारी दिए।

वि1शेषतः कोरोनाजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको उनको भनाइ छ।

उनका श्रीमान् पनि संक्रमित भई अस्पतालमा उपचाररत छन्।

होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि शुक्रबार अस्पताल पुर्‍याएको जनाइएको छ।

जिल्लामा बिहीबार पनि दुई संक्रमितको मृत्यु भएको थियो ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्