गोर्खा सिमेट्रिज ट्रष्टद्वारा प्रदेश २ सरकारलाई ६ थान भेन्टिलेटर सहयोग

गोर्खा सिमेट्रिज ट्रष्टले कोरोना संक्रमितहरुको उपचारका लागि प्रदेश २ सरकारलाई ६ थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ ।

संस्थाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको भेन्टिलेटरहरुमा ३ थान नारायणी उपक्षेत्रीय अस्पताल विरगंज र ३ थान प्रादेशिक अस्पताल जनकपुरमा उपलब्ध गराइनेछ ।

प्रथम तथा द्रोस्राे विश्वयुद्धमा सहभागी भएका गोर्खाली सेनाहरुकाे स्मरणमा स्थापना भएको गोर्खा सिमेट्रिज ट्रष्ट सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्