सिन्धुपाल्चाेककाे हेलम्बु क्षेत्रमा बाढीको वितण्डा, चार जना बेपत्ता

हिजाेदेखिकाे अबिरल वर्षाका कारण सिन्धुपाल्चाेककाे मेलम्ची तथा इन्द्रावती खाेलामा आएकाे भीषण बाढीले केही पक्की घरहरु र एउटा झाेलुङ्गे पुल बगेका छन् ।

बाढीका कारण हालसम्म चार जना बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकका प्रमुख राजन अधिकारीका अनुसार बाढीले तीन पुरुष र एक महिला बेपत्ता भएका छन् । उनीहरुको पहिचान खुल्न बाँकी रहेको छ ।

बाढीले मेलम्ची बजार डुबानमा परेको छ । बाढीले मेलमची खानेपानीको क्याम समेत बगाएको छ । मेलम्चीदेखि माथिको राजमार्ग खण्डहरु समेत बगाएको छ । सोही कारण हाल सडक सम्बन्ध बिच्छेद भएको छ ।

विद्युत आपूर्ति पनि बन्द भएको छ । हेलम्बु गाउँपालिका किउलमा रहेको टाउट्र माछा र्फम बाढीले बगाएको छ ।

हेलम्बु गाउँपालिकाको चनौटे बजार, किउल, तालामाराङ, ग्याल्थुम, तिपेनी हुँदै मेलम्ची बजार डुबानमा परेका छन् ।

इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पुल बगाएको छ । स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । मेलम्ची माथिका सबै झोलंगे पुल बगाएका छन् ।

प्रहरी घटना स्थलमा पुगेको छ । जनधनको के कति क्षति भयो भन्नेबारे थप बिबरण केही समयपछि आउने बताइएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्