बाढी-पहिरो पीडित जनताकाे तत्काल उद्धार गर्न नेता राईकाे आग्रह

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले बाढी-पहिरो प्रभावित जनताको तत्काल उद्धार गरी राहत तथा उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

हिजोदेखि देशभरका विभिन्न स्थानमा वर्षा र बाढीले जनजीवनमा क्षति पुर्याउन थालेपछि नेता राईले जनतालाई सुरक्षा दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

खासगरी सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्र तथा मनाङको चामे र ताल क्षेत्रका विस्थापित जनताको उद्धार गरी उनीहरुका लागि राहत तथा घाइतेहरुका उपचारकाे व्यवस्था गर्न नेता राईले सरकारसँग आग्रह गरेका हुन् ।

उनले बाढी-पहिरोबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली समेत दिएका छन् ।

फेसबुकबाट उनले भनेका छन्, ‘सिन्धुपाल्चोक जिल्लाको मेलम्ची हेलम्बु क्षेत्रमा र मनाङको चामे र तालमा अतिवर्षा भई बाढी र पहिरोद्वारा जनधनको क्षति र बस्ती विस्थापनको गम्भीर अवस्थाबाट पीडित सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरुप्रति गहिरो सहानुभूति छ । मृतकहरुमा श्रद्धाञ्जली छ । सरकारले अविलम्ब उद्धार कार्य गरी सुरक्षित ठाउँमा सार्ने र राहत कार्य तथा उपचार र सुरक्षा दिने काम गरोस भनेर ध्यानाकर्षण गराउँछु ।’

अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रमा सात जनाको मृत्यु भएको छ ।

मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । देशका विभिन्न स्थानमा पनि बाढी, पहिरो र डुबानबाट जनधनको क्षति हुन थालेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्