छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

१० वर्षीया छोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा कैलालीकाे लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो ।

परिवारका सदस्यले दाह संस्कारको तयारी गरिरहेको बेला इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा घटनामा बुवाकै संलग्नता रहेको खुलेपछि प्रहरीले ती पुरुषलाई पक्राउ गरेकाे थियाे ।

बलात्कार गरेकाे पाेल खुल्ने डरले ती पुरुषले छाेरीलाई भैंसी गाेठमा झुण्डाएर हत्या गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्