तीन दिनकाे माैसम पूर्वानुमान, ठाउँठाउँमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाबाट जारी मौसम पूर्वानुमान बुलेटिन अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

राती देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदुरपश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

शनिबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्