सामाजिक अभियान्ता भनिने ज्वाला संग्राैलासहित तीन जना पक्राउ

आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउने ज्वाला संग्राैलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरुमा संग्राैलाका साथै हिमाल उपाध्यय र शर्मिला वाइबा छन् ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीकाे आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिजाे उनीहरुलाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतका अनुसार उनीहरुलाई कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग मुद्दा चलाउने तयारी गरिएको छ ।

घिमिरेले गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा आफूमाथि ज्वाला संग्राैलाकाे समूहले आक्रमण गरेको दाबी गरेकी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्