नेपाल खुला विश्वविद्यालयमा अब किरात सम्बन्धी पढाइ हुने

नेपाल खुला विश्वविद्याल (एनओयु)मा अब किरातसम्बन्धी छुट्टै विषयको रुपमा अध्ययन तथा अध्यापन हुने भएको छ ।

एनओयुले हाल औपचारिक रुपमै समाजशास्त्र विषयको स्नातक तहमा किरातसम्बन्धी कोर्स समावेश गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारामणि राईले अब नेपाल खुला विश्वविद्यालयमा स्नातक तहमा मेजर विषयको रुपमा किरातसम्बन्धी अध्ययन हुने बताए ।

उनले एनओयुको अनुरोधपछि आफूहरुले करिब दुई महिना लगाएर किरातसम्बन्धी १६ वटा पेपरको कोर्स कन्टेन्टस् तयारी गरी बुझाएको र हाल एनओयुले औपचारिक रुपमै उक्त कोर्स पारित गरेको बताए ।

उनले किराती विषयमा बृहत अध्ययन हुनेगरी कोर्स निर्माण गरिएको यो नै पहिलो हुन सक्ने बताएका छन् ।

‘नेपाल खुला विश्वविद्यालय (एनओयु)ले समाजशास्त्र विषयको स्नातक तहमा किरातसम्बन्धी कोर्स राख्ने भइसकेपछि हामीले लगभग दुई महिनामा १६ वटा पेपरको कोर्स कन्टेन्टस् तयार गरेर केही समयअघि बुझाएका थियौं,’ शुक्रबार फेसबुकमा डा. राईले लेखेका छन्, ‘औपचारिक रुपमा कोर्स पारित भएको जानकारी भर्खरै प्राप्त भयो । सम्भवतः किराती विषयमा बृहत अध्ययन हुनेगरी बनेको कोर्स यो नै पहिलो हुन सक्छ । नेपाल खुल्ला विश्वविद्यालयलाई विशेष धन्यवाद ।’

एनओयुमा पढाइ हुने किरातसम्बन्धी पेपरहरुः

  1. History of Kirat People in Nepal
  2. Kirat society, social system, and institutions
  3. Rites, Ritual practices, and festivals in the Kirat society
  4. Kirat spirituality, and spiritual practices
  5. Kirat ethno-sociolinguistic situations in Nepal
  6. Reflections on Linguistic diversity and movements
  7. Theoretical Perspectives on Kirat religion and cultures
  8. Nation-state formation, identity movements, and Kirat religion
  9. Folklore, songs, dances and ethnomusicology
  10. Different Mundums and their interpretations
  11. Kirat perspectives on life and death
  12. Mundum, cosmology and worldview
  13. Kirat Mundum and Gender
  14. Indigenous knowledge, skills, and technology
  15. Indigenous research methodology
  16. Concepts and Perspectives of ethno/development

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्