हरेक नाम शब्दकाे अर्थ हुँदैन । किरात भनेकाे किरात नै हाे, यसकाे फाल्टाे अर्थ हुँदैन । अन्य बाहिरी समूहले किरातलाई हाेच्याउन र अपमान गर्न विभिन्न लाञ्छना लगाए । त्याेबेला एकले अर्काेलाई त्यसरी नै दाेष लगाउने प्रचलन नै थियाे ।
ब्राह्मणलाई फारसीहरूले चाेर, फटाहा, डाकु र भगाैडा भन्थे । तर ब्रह्माणकाे अर्थ त्यही हाे त ? मंगाेलहरूलाई युराेपियनले सुस्त मनाेस्थितिकाे लठेप्रा (डाउन्स सिन्ड्राेम) भन्थे । तर मंगाेलकाे अर्थ त्यही हाे त ? अवश्य हाेइन ।
हाे, यदि किरात शब्द संस्कृतभाषाबाटै आएकाे हाे भन्ने जिकीर गर्ने हाे भने पनि याे शब्द संस्कृतभाषाकाे “किरीट” शब्दबाट पक्कै आएकाे हाे ।
संस्कृतमा “किरीट” शब्दकाे अर्थ “मुकुट/श्रीपेच/crown” हुन्छ । याे मुकुट/श्रीपेच लगाउनेलाई संस्कृतमै “किरिटी” भनिन्छ र “किरिटी” काे अर्थ राजा हुन्छ । “किरीट” बाट “किरात” बन्न सक्छ र “किरिटी”बाट “किराती” हुन सक्छ । किरातकाे अर्थ मुकुट लगाउने राजा हुन्छ ।
ब्राह्माणले श्रीपेच लगाउँदैन थिए । उनीहरूले सधैं टुप्पी (शिखा) राख्थे । टुप्पी ढाक्ने गरी उनीहरूले कुनै आभुषण राख्नु परम्पराविपरीत हुन्थ्याे । तर किराती राजाले किरीट लगाउँथे भने आम जनस्तरका किरातीहरूले शीरमा केही न केही लगाउँथे । महत्वपूर्ण अवसरमा किरातीहरूलाई अहिले पनि पगरी नभइ हुन्न ।
किरातलाई “किर (सुँगुर)”सँग जाेड्ने बाहुन विद्वानहरूकाे नियाेजित पुर्वाग्रही बठ्याईँ हाे भने याे कुरालाई पत्याउने स्वयम् किरातीहरू चाहिँ गँवार लठुवा अनपढ हुन् । माैलिक संस्कृत शब्दकाेषमा सुँगुरलाई बराह भनिन्छ । सुगुरलाई किर भन्ने छैन ।
हिन्दु आर्यहरू किरात भूमिमा आउँदा किराती राजा तथा प्रान्तहरूकाे प्रमुखले श्रीपेच लगाउथेँ । याे श्रीपेचले हिन्दु आर्यहरूकाे दिमागमा प्रभाव छाड्याे । र, यही किरीट (श्रीपेच) काे नामबाट सिंगाे समुदायलाई हिन्दुआर्यले किरीट भन्न थाले । पछि यही शब्द अपभ्रंस भएर किरात हुन गयाे ।
कुनै चिजलाई त्याेसँग सम्बन्धित अन्य कुराले पुकारिने कार्यलाई “मिटाेनिम/metonym” भनिन्छ । जस्तैः पण्डित बाहुन बुझाउन टपरा भन्ने गरिन्छ । राष्ट्रपतिकाे कार्यालय बुझाउन सितल निवास भनिन्छ । पुर्व राजा ज्ञानेन्द्र बुझाउन निर्मल निवास भन्ने गरिन्छ । त्यसैगरी किरीट (श्रीपेच) सँग सम्बन्धित जातिलाई बुझाउन हिन्दुआर्यहरूले किरीट शब्द प्रयाेग गरे जाे पछि किरात भयाे ।
किरातलाई “किर (सुँगुर)”सँग जाेड्ने बाहुन विद्वानहरूकाे नियाेजित पुर्वाग्रही बठ्याईँ हाे भने याे कुरालाई पत्याउने स्वयम् किरातीहरू चाहिँ गँवार लठुवा अनपढ हुन् । माैलिक संस्कृत शब्दकाेषमा सुँगुरलाई बराह भनिन्छ । सुगुरलाई किर भन्ने छैन ।
किरातीहरूकाे जीविकाकाे प्रमुख माध्यम सुँगुरपालन थिएन । बरू किरातीहरूलाई आर्थिक रूपले सबल बनाउने माध्यम “भेडापालन” थियाे । किरातीहरूकाे राढीपाखीकाे विशाल व्यापार पाटलीपुत्रसम्म भएकाे इतिहासमा किटेरै लेखिएकाे छ ।
के राढिपाखी सुँगुरकाे भुत्ला (जगर) बाट बन्ने हाे ? राढिपाखी त भेडाकाे भुत्ला (ऊन) बाट बन्छ । त्यसकारण भेडापालन प्रमुख आयश्राेत हुँदाहुदै किरातीकाे जीवनकाे आधार सुँगुर हाे भनेर किरातीलाई सुँगुरसँग जाेड्नु हस्यास्पद हुन जान्छ ।
भाषाकाे ध्वनी विज्ञानअनुसार किरातसँग “किर” शब्द कि “किरीट/किरिटी ” शब्द नजिक हुन्छ ? अवश्य पनि किरीट र किरिटी शब्द नजिक हुन्छ, र यहीबाट किरात हन्छ ।
साभारः चामलिङकाे फेसबुक