अब चुच्चे नक्सालाई कसैले मेटाउन सक्दैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सा अब कसैले पनि मेटाउन नसक्ने बताएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले इतिहासमै पछिल्लो समय सार्वजनिक गरिएको उक्त चुच्चे नक्साले अहिलेको अवस्थामा एउटा लय समाति सकेको र अब नक्साको बारेमा कता जाने, के गर्ने भन्ने अवस्था नरहेको स्पष्ट पारे ।

देशको परराष्ट्र एवम् अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा प्रधानमन्त्री ओलीले नेपालले सबैसँग इमानदार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताए ।

राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई भुल्न नहुने र यसलाई छोडिएमा या त, अन्तराष्ट्रियवाद या त, संकीर्णवाद हुने प्रधानमन्त्री ओलीले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्