न राजा फर्किएर देश बन्छ,
न हिन्दु राज्य बन्दा देश बन्छ,
न नयाँ पार्टीले जितेर सरकार बनाए देश बन्छ,
न ठुला पार्टीहरु हारेर देश बन्छ ।
देश बनाउनकाे लागि राष्ट्रिय एकता अनिवार्य छ ।
देश बनाउनको लागि युवाहरुमा आशा जगाउन अनिवार्य छ ।
देश बनाउनको लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सक्ने नागरिक निर्माण गर्न आवश्यक छ ।
देश बनाउनको लागि राज्यको मूलधारमा नआएका समुदायहरुलाई राजनीतिक मूलधारमा ल्याउन अनिवार्य छ ।
देश बनाउनको लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सक्ने नागरिक निर्माण गर्न आवश्यक छ ।
जसको लागि
संविधान संशोधन गरी देशको भौगोलिक र सांस्कृतिक-सामाजिक विशिष्टताको आधारमा संघीय राज्यहरुको पुनः संख्या थप-घट, नामकरण र सीमांकन गर्न अनिवार्य छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय पद्धति र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्छ ।
संसदबाट होइन, विज्ञहरु सम्मिलित मन्त्रिमण्डल बनाउनुपर्छ ।
केन्द्रमा मुद्रा, परराष्ट्र र रक्षा सम्बन्धी अधिकार राखी बाँकी अधिकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्छ ।
स्थानीय तह प्रदेश मातहत रहनुपर्छ ।
जिल्लाकाे सबै संरचना पूर्णरुपमा खारेज गर्नुपर्छ ।
निजामती, शिक्षा, सेना, प्रहरी आदिमा १५ बर्षपछि अनिवार्य अवकासको व्यवस्था गर्नुपर्छ ।
अख्तियार, अदालत र कुटनैतिक क्षेत्रमा रहेको राजनीतिक भागबन्डालाई पूर्णरुपमा अन्त्य गर्ने गरी कानुन बनाइनुपर्छ ।
संस्कृति र धर्मको उपयुक्त परिभाषा बनाई धर्मबाट राज्य पूर्ण रुपमा अलग रही संस्कृतिको संरक्षणमा लाग्नुपर्छ ।
व्यक्तिको नाममा दर्ता भएको जमिन पूर्णरुपमा उपयोगमा ल्याउनुपर्छ । व्यक्तिको नाममा रहेको जमिन बाझो भए राज्यले अधिग्रहण गर्नुपर्छ ।
-इन्द्र नारथुङेकाे फेसबुकबाट ।