सामाजिक अभियान्ता भनिने ज्वाला संग्रौलाले सरकारी कागजात किर्ते गरेको भेटियो

आफूलाई सामाजिक अभियान्ता भनी चिनाउने ज्वाला संग्रौलाको साथबाट किर्ते कागजात समेत भेटिएको छ ।

ज्वाला संग्रौला र उनका पति हिमाल उपाध्यक्षको साथबाट किर्ते गरी बनाइएको सरकारी कागजात फेला परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार संग्रौला दम्पतीको साथबाट जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणित र सम्बन्ध विच्छेदसम्बन्धी नक्कली कागज भेटिएको हो ।

प्रहरीले संग्रौला दम्पतीमाथि खानतलासी गर्दा ती नक्कली कागज भेटेका हुन् ।

सम्बन्धित गाउँपालिकालाई उक्त कागजपत्रबारे पत्राचार गर्दा संग्रौलाले किर्ते गरी ती कागजात खडा गरेको पाइएको हो ।
संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी गरिएको जन्मदर्ता प्रमाणपत्र भेटिएको हो ।

२०७४ असार ४ गते जारी गरिएको उक्त जन्मदर्ता प्रमाणपत्रमा गाउँ विकास समिति उल्लेख छ ।

तर, सोअघि नै गाउँ विकास समिति खारेज भइ स्थानीय तह बनेको थियो । प्रहरीमाथि यसले शंका उब्जाएपछि सम्बन्धित गाउँपालिकालाई पत्र लेखिएको थियो ।

संग्रौलाको साथबाट अछामको मंगलसेन नगरपालिकाबाट नाता प्रमाणीकरण र सम्बन्ध विच्छेदबारे नक्कली कागज भेटिएको हो ।

कुटपिटको आरोपमा पक्राउ परेकी संग्रौलामाथि प्रहरीलाई नै जातीय विभेद गरी बोलेको अभियोग पनि लागेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्