नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् ।

यस्तै, तीनहजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार १७ छ । नेपालमा अहिले ३१ हजार ३६८ जना सङ्क्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना विरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार १४५ जनाको मृत्यु भएको छ ।

Please enter your comment!
Please enter your name here