हुलाकी राजमार्गकाे सिरहा र धनुषा जोड्ने कमला नदीको पुल अचानक भासिएको छ ।
बाढीका कारण बिहीबार पुल पूर्वतर्फको एउटा स्टेन्ड भासिएको हो । १० वर्षअघिदेखि निर्माण भइरहेको उक्त पुल उद्घाटनको मिति नजिकिँदै गर्दा भासिएको हो ।
आयोजनाले पुल दुई सातापछि संचालनमा आउने तयारी भइरहेको जनाएको थियो । पुल नहुँदा स्थानीय उक्त क्षेत्रमा काठको ढुंगाबाट आवतजावत गर्ने गरेका छन् ।
पुल निर्माणमा ढिलासुस्ती भएको र कमिसनको खेलका कारण गुणस्तरीय सामान प्रयोग नभएको भन्दै स्थानीयले विरोध गरेका छन् । सामान्य बाढीमा पुल भासिएपछि निर्माण कम्पनीमाथि छानबिन गर्नुपर्ने स्थानीय रञ्जीत ठाकुरको भनाइ छ ।