उद्घाटन गर्न लागेकाे पुल भत्कियाे

हुलाकी राजमार्गकाे सिरहा र धनुषा जोड्ने कमला नदीको पुल अचानक भासिएको छ ।

बाढीका कारण बिहीबार पुल पूर्वतर्फको एउटा स्टेन्ड भासिएको हो । १० वर्षअघिदेखि निर्माण भइरहेको उक्त पुल उद्घाटनको मिति नजिकिँदै गर्दा भासिएको हो ।

आयोजनाले पुल दुई सातापछि संचालनमा आउने तयारी भइरहेको जनाएको थियो ।  पुल नहुँदा स्थानीय उक्त क्षेत्रमा काठको ढुंगाबाट आवतजावत गर्ने गरेका छन् ।

पुल निर्माणमा ढिलासुस्ती भएको र कमिसनको खेलका कारण गुणस्तरीय सामान प्रयोग नभएको भन्दै स्थानीयले विरोध गरेका छन् ।  सामान्य बाढीमा पुल भासिएपछि  निर्माण कम्पनीमाथि छानबिन गर्नुपर्ने स्थानीय रञ्जीत ठाकुरको भनाइ छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्