विद्यार्थीले निःशुल्क पाउने पाठ्यपुस्तककाे छपाइ नै सुरु भएन

साउनबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गरिने तय भए पनि अहिलेसम्म पाठ्यपुस्तक छाप्ने काम सुरु भएकाे छैन ।

हालसम्म पनि पाठ्यपुस्तक छाप्ने काम सुरु नहुँदा विद्यार्थीले निःशुल्क पाउने पाठ्यपुस्तक पाउनै गाह्राे हुने देखिएकाे छ ।

कक्षा १२ को तीनवटा विषयको पाठ्यपुस्तक सरकारले छाप्नेछ । तर पाठ्यपुस्तक लेखन कार्य पूरा गरेर प्रकाशनका लागि अन्तिम स्वीकृति दिइएको छैन ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराईले असार २५ गतेसम्म पाठ्यपुस्तक लेखन कार्य पूरा गरी प्रकाशनका लागि जनक शिक्षा सामग्री केन्द्रमा पठाउने गरी तयारी भइरहेको बताए ।

यसपटक सरकारले तीनवटा अनिवार्य विषय अङ्ग्रेजी, नेपाली र सामाजिक तथा जीवनोपयोगी शिक्षाका पुस्तक प्रकाशन गर्नेछ ।

गणित विषयको पुस्तक लेखन कार्य जारी रहेकाले केही समय लाग्ने केन्द्रले जनाएकाे छ । तर, ढिलोमा पनि आगामी साउन १५ गतेसम्ममा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने केन्द्रकाे दाबी छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्