पञ्चायतविरुद्ध लड्न ‘सेल्टर’ दिने झिमामाया गुरुङको १०० वर्ष उमेरमा निधन

जनता समाजवादी पार्टी खोटाङका नेता मोहन गुरुङलाई मातृशोक परेको छ ।

जसपा प्रदेश नं १ का सदस्य रहेका नेता गुरुङको आमा झिमामाया गुरुङको १०० वर्षको उमेरमा शुक्रबार विहान ११ः५० बजे निधन भएको छ ।

रावाबेसी गाउँपालिका–६ हौंचुरकी झिमामाया पेट पोल्ने रोगबाट ग्रसित थिइन् । लेखपढ नभए पनि झिमामाया राजनीतिक रुपमा सचेत थिइन् । उनी तत्कालिन समयमा पञ्चायत व्यवस्थाको विरोधी थिइन् ।

खोटाङमा उनी पञ्चायतविरुद्ध भूमिगत भएर लड्नेहरुलाई सेल्टर दिने महिलाको रुपमा समेत चिनिएकी थिइन् ।

उनले तत्कालिन पञ्चायत व्यवस्थाविरुद्ध भूमिगत रुपमा लड्ने कम्युनिष्ट नेताहरुलाई सेल्टर दिएकी थिइन् ।

झिमामायाको निधन भएको खबर पाएपछि जसपा तथा खोटाङका नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्