बेलबारीमा शान्ति युवा समूहद्वारा २६ लाख बराबरकाे स्वास्थ्य सामग्री वितरण

शान्ति युवा समूह बेलबारी-९, नलबारीले बेलबारी नगरपालिकास्थित विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेकाे छ ।

शनिबार बेलबारी-९, बेलाईगाउँमा एक कार्यक्रमकाे आयाेजना गरी वडाअध्यक्षमार्फत विभिन्न वडाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएकाे हाे ।

७ सेट अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन), पिपिई, थर्मलगन, अक्सिमिटर, सर्जिकल माक्स, एन नाईन्टी फाईफ माक्स, हार्पिक, फिनेल र सेनिटाईजर लगायत करिब २६ लाख रुपैयाँ बराबरकाे स्वास्थ्य सामग्री वितरण गरिएकाे संस्थाका महासचिव रन्जना राईले जानकारी दिए ।

बाेधिसत्वा विहार र चु झि फाउन्डेसन ताईवान (शान्त शर्मा र मास्टर)ले प्रदान गरेकाे साे सामग्री ल्याउन समुहका संरक्षक तथा समाजसेवी प्रकाश राईले विशेष पहल गरेकाे समुहका अध्यक्ष अजितकुमार धिमालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि १ नं प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले विश्व महामारी काेभिड १९ काे राेकथामका लागि प्रदेश सरकारले अधिकतम बजेट विनियाेजन गरेकाे बताए ।

काेभिड १९ काे राेकथामका लागि सबै पक्षकाे भुमिका अपरिहार्य भएकाे उनले बताए ।

कार्यक्रममा संस्थाका संरक्षक, समाजसेवी एवम् राजनीतिक व्यक्तित्व प्रकाश राईकाे सहयोगमा जेष्ठ नागरिकहरुलाई ८० थान झुल समेत बितरण गरिएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि ओझाका साथै अतिथिहरु बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली, शान्ति युवा समुहका संरक्षक प्रकाश राई, नेकपा (एमाले) बेलबारी नगर कमिटिका ईन्चार्ज ईरान राई, २ नं वडाअध्यक्ष धनश्याम गाैतम, ७ नं वडाअध्यक्ष चेतबहादुर बस्नेत, ९ नं वडाअध्यक्ष नगेन्द्र खड्का, ११ नं वडाअध्यक्ष राजन पाेख्रेल, वडा नं ४ का वडा सदस्यद्वय आनन्द माेते र मेदानी सापकोटा, वडा नं ३ का वडा सदस्य निशाकिरण राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि एवम् अतिथिहरूले काठमाडौंबाट स्वास्थ सामग्री ल्याएर गाउँको स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउने समाजसेवी एवम् राजनीतिक व्यक्तित्व प्रकाश राईलाई बिशेष धन्यवाद दिए ।

कार्यक्रममा प्रकाश राईले स्वास्थ्य नै धन हाे भन्ने मुल ध्येय रहेकाे हुँदा गाउँलाई सिंहदरबार बनाउने लक्ष्यका साथ गाउँका जनताले गाउँमै स्वास्थ सुविधाको उपभाेग गर्न पाउनुपर्छ भन्ने मान्यता राखेर झुल लगायतकाे स्वास्थ्य सामग्री ल्याउन पहल गरेकाे बताए ।

शान्ति युवा समूहका अध्यक्ष अजितकुमार धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रमलाई असिन राईले सञ्चालन गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्