सुकेटार विमानस्थलमा नियमित उडान सुरु, तर माैसमले साथ दिएन

ताप्लेजुङको सुकेटार विमास्थलमा सोमबारदेखि नेपाल वायु सेवा निगमले नियमित उडान सुरु गरेको छ । कोभिडका कारण नियमित उडान दुई महिना बन्द भएको थियो ।

सोमबार काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए ।

बाह्र मिनेटभन्दा बढि अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौँमै फर्किएको जनाइएको छ ।

ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए ।

सुकेटारमा हप्तामा चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

तत्कालका लागि काठमाडौँबाट ताप्लेजुङसम्मसात हजार ५० र ताप्लेजुङबाट काठमाडौँ सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

निगमले ताप्लेजुङदेखि प्रदेश नं १ राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्