कमला नदीकाे पुल भत्किएकोमा छानबिन गर्न माग गर्दै प्रदर्शन

हुलाकी सडकमा पर्ने सिरहा र धनुषा जोड्ने कमला नदीकाे निर्माणाधीन पुल भत्किएपछि हिजाे सिरहामा प्रर्दशन गरिएकाे छ ।

हुलाकी सडक संघर्ष समितिले कमला पुल भत्किएको विषयमा अनुसन्धान गर्न मागसहित प्रर्दशन गरेको हाे ।

समितिले हुलाकी सडक खण्डको महावीर चोकबाट सिरहा सदरमुकामभरि नाराबाजी गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएको छ ।

समितिका अध्यक्ष मनोज पासवानको नेतृत्वमा निकालिएको विरोध जुलुसले नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

‘तराई मधेसको रिढको रुपमा रहेको हुलाकी सडक र त्यसलाई मिथिलाञ्चलमा जोड्ने कमला पुलको उद्घाटन नहुँदै भासिएपछि वर्षादेखि जनताको आशा र भरोषामाथि तुषारापात भएको’ सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंललाई बुझाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्