Sunday, November 27, 2022
11.1 C
Diktel

थप १ हजार ७१८ जनामा संक्रमण, १५ जनाकाे मृत्यु

Subtitle

देशमा पछिल्लो २४ घण्टामा थप एक हजार ७१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २६३ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५६५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्