मन्त्रालयकाे गाडीभित्रै राति ११ बजे याैनजन्य क्रियाकलाप गर्नेहरु पक्राउ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्रै यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

आरोपितहरुले भक्तपुरको घ्याम्पे डाँडा जंगलमा गाडी रोकेर अश्लील क्रियाकलाप गरेको अभियोग लागेको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार जंगलमा प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरु अश्लील गतिविधि गरिरहेका बेला बुधबार राति ११ बजे फेला परेका थिए ।

पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् ।

कार्की र महिला गाडीभित्र अश्लील गतिविधि गरिरहेका थिए ।

भक्तपुर प्रहरीका अनुसार उनीहरुविरुद्ध सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्