गाई काटेको अभियोगमा तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१ सुन्दरबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कालिका–१ की ३२ वर्षीया उर्मिला परियार, १६ वर्षिय सविन परियार र १६ वर्षिय सुवास परियार रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनीहरुले बुधबार दिउँसो स्थानीयवासी महेन्द्र सुवेदीको केराबारी नजिक घोलको खाली जग्गामा गाई काटेका थिए ।

गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई पशुपक्षीसम्बन्धी कसुरमा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्