थप दुई हजार १० जनामा काेराेना सङ्क्रमण पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप दुई हजार १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार १०८ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ४३० जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार चार जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्