कोरोनाको झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ ।

कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने डब्लुएचओकाे चेतावनी छ ।

डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न पनि चेतावनी दिएको छ।

संक्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन आग्रह गरिएको हो ।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाको महामारी सकिएको नठान्न सचेत गराएका हुन् ।

उनले कोरोना महामारी सकिने कुराको नजिक पनि पुग्न नसकिएको उल्लेख गरेका छन् । देशसञ्चारबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्