चीनले नेपाललाई थप १६ लाख डाेज खोप अनुदान दिने

चीनले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने भएको छ ।

शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएकी हुन् ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै राजदूत यान्छीले प्रधानमन्त्री देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएको उल्लेख गरेको छ ।

चिनियाँ सहयोगका लागि प्रधानमन्त्री देउवाले राजदूत यान्छीमार्फत् चीन सरकारलाई धन्यवाद दिएका छन् ।

चीन सरकारले यसअघि अनुदानमार्फत १८ लाख कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइसकेकाे छ ।

सरकारले चीनसँग थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । सम्झौता अनुसार आठ लाख डोज खोप चीनबाट आइसकेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्