किरात राई यायोक्खा धरान नगर समितिकाे उपाध्यक्षकाे कोरोनाबाट निधन

किरात राई यायोक्खा धरान नगर समितिका उपाध्यक्ष सन्तकुमार थुलुङ राईको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१५ निवासी उनलाई गत असार ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

धरानको पुतलीलाइनस्थित विजयपुर अस्पतालमा आईसियुमा राखेर उपचार गर्ने क्रममा आज बिहान ४ः३० बजे उनको मृत्यु भएको हो ।

गत असार १७ गते अस्पताल भर्ना भएका उनलाई पछिल्लो समय निमोनिया समेत भएको थियो । जसका कारण उनको फोक्सोमा गम्भीर समस्या देखिएको थियो ।

दिवंगत राईको श्रीमती, एक छोरा र एक छोरी छन् ।

उपाध्यक्ष राईको निधनप्रति किरात राई यायाेक्खा सुनसरी जिल्ला समितिले आज एक श्रद्धाञ्जलीपत्र जारी गरी गहिराे दुःख व्यक्त गरेकाे छ ।

(किरात राई यायोक्खा धरान नगर समितिकाे उपाध्यक्ष सन्तकुमार थुलुङ राई हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ । स.)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्