मुस्लिम धर्मावलम्बीकाे प्रमुख चाड बकर इदमा सार्वजनिक विदा दिइने

सरकारले मुस्लिम धर्मावलम्बीको प्रमुख चाड बकर इदकाे अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

आज बसेकाे मन्त्रिपरिषद बैठकले बकर इदकाे अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुनासाथ उनले मुस्लिक, किरात, बौद्ध लगायत धर्मावलम्बीका चाडमा दिइँदै आएकाे सार्वजनिक विदा खारेज गरेका थिए ।

साे क्रममा उनले हिन्दु धर्मावलम्बीकाे चाडपर्वमा दिइने विदा पनि कटाैती गरेका थिए ।

सरकारले आफूहरुको चाडमा दिइँदै आएको सार्वजनिक विदा खारेज गरेपछि आदिवासी जनजाति समुदायका अगुवाहरुले विदा कायम गर्न माग गर्दै आएका थिए ।

मन्त्रिपरिषद् बैठकले खोप उत्पादक कम्पनीहरुलाई खोप उपलब्ध गराउन आग्रह गर्ने निर्णय पनि गरेकाे छ ।

अनुदान वा खरिद प्रक्रिया जुनसुकै माध्यमबाट भए पनि खोप उपलब्ध गराउने निर्णय गरिएको कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्