‘गाई पुज्नेलाई पुज्न दिम, खानेलाई खान दिम’

कृषिविद् मदन राईले गाई पुज्नेलाई पुज्न र खानेलाई खान दिनुपर्ने बताएका छन् ।

उनले गाई खाने गरियो भने मात्र गाई फैलने समेत बताएका छन् । आज फेसबुकमा एक स्टाटस राखेर राईले गाई खानेलाई खान दिनुपर्ने बताएका हुन् ।

उनले मासु खाइएन भने बनस्पति मासिने, बनस्पति मासिए मानिससहित सबै प्राणी मासिने भन्दै प्रकृतिको नियम सबैले बुझ्नुपर्ने उल्लेख गरेका छन् ।

‘गाई पुज्नेलाई पुज्न दिम तर खानेलाई खान पनि दिम के । खायो भने गाई फैलिन्छ खान दिएन भने गाई मासिन्छ,’ उनले लेखेका छन्, ‘यति गर्दा नेपाल डुब्यो, गाई मासियो, कसैको आर्थिक हानी भयो भने मलाई झुन्डाउनुस् । मासु खाएन भने बनस्पति मासिन्छ । बनस्पति मासिएपछि प्राणी सबै मासिन्छौं । प्रकृतिको नियमै यस्तो छ । सबैले बुझौं ।’

नेपालका किरात, बौद्ध, मुस्लिम लगायत समुदायका मानिसहरुले गाई/गोरु मासुको रुपमा खाने गरेका छन् ।

किरात समुदायमा त सांस्कृतिक कार्य (उभौली–उधौली पितृ पुजा) गर्दा नै गोरुको मासु प्रयोग गर्ने चलन छ ।

तर गाई/गोरु काटे सजाय हुने कानुनी व्यवस्थाका कारण हाल बेलाबेला गोरु काटेको अभियोगमा कतिपय मानिसहरु पक्राउ पर्ने गरेका छन् ।

देश धर्मनिरपेक्ष हुँदा पनि राज्यले असमान कानुन बनाएर विभेद गरिरहेको भन्दै आदिवासी जनजातिहरुले सोको विरोध गर्दै आएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्