Saturday, April 1, 2023

आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन

आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु सञ्चालन भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजाे (शुक्रबार) सूचना जारी गर्दै शनिबारदेखि मध्यम तथा लामाे दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो ।

नेपाल सरकार (मन्त्रिपरिषद) को गत साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजाे एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरेकाे हाे ।

विज्ञप्तिमा नेपाल सरकारले जारी गरेको मापदण्डको पूर्ण कार्यान्वयन गर्न भनिएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्