जीप भीरबाट खस्दा एकको मृत्यु, आठजना घाइते

म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकमबाट बेनी आउँदै गरेको बोलेरो जीप धारापानीस्थित बादिकाको भीरबाट खसेको छ ।

ग १ ज ६८०५ नम्बरको जीप भीरबाट खस्दा जीपमा यात्रा गरेका एक युवाको मृत्यु भएको र ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर धौलागिरि गाउँपालिका-७ ताकमका २७ वर्षीय विकास सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताए ।

सडकबाट खसेको जीप भीरमा सल्लाको रुखमा अड्कीएको छ । रुखमा अड्किएका जिपबाट खसेर विकको मृत्यु भएको प्रहरीको भनाइ छ ।

चालकसहित अन्य ८ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । चालक आकास रसाइलीको निधार र घाटीमा चोट लागेको छ ।

दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरुले उद्धार गरेर घाइतेहरुलाई दरबाङ प्राथमिक स्वास्थ्यकेन्द्रमा ल्याएका थिए ।

घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्