प्रहरीले हेल्मेटविनै बाइक चलाउने पारस शाहकाे नाडी च्याप्प पारेपछि (भिडियाेसहित)

पूर्व युवराज पारस शाहले फेरि पनि कानुनको धज्जी उडाउँदै दादागिरी देखाएका छन् ।

उनले मादक पदार्थ सेवन गरी हेल्मेमट समेत नलगाइ मुख्य सडकमा मोटरसाइकल चलाएका छन् ।

तर, यसपटक भने प्रहरीले उनलाई चोरलाईझै च्याप्प समातेर केहीबेर भए पनि सबक सिकाएको छ । यसले जनताको तहमा उनको थप बेइज्जत भएको हुनुपर्छ ।

शुक्रबार साँझ काठमाडौंको नारायणगोपाल चोकमा प्रहरीले पारसलाई नियन्त्रणमा लिएको थियो । साे क्रममा उनी प्रहरीमाथि नै जाइलागेका पनि थिए ।

तर पारसलाई प्रहरीले चल्न पनि दिएन ।

उनले पटक पटक ‘छोड्’ भनिरहेका छन् । प्रहरीले छोड्दै नछोडी ‘हिड्नु’ भन्दै थानातिर लान खोजिरहेका छन् । तर उनले ‘जान्न’ भन्दै आफ्नाे हात छुटाउन खोजिरहेको भिडियो सामाजिक सञ्जालमा भेटिएको छ ।

प्रहरीले पारस शाह भनेर थाहा भएपछि उच्च अधिकारीलाई रिपोर्ट गरेका थिए । तर माथिबाट ‘छोड्नू’ भन्ने आदेश आएपछि सडककै बिचमा उनलाई त्यतिकै छोडिएको देखिन्छ ।

पारसलाई समातिरहेको बेला बेला उक्त दृश्य देख्ने सर्वसाधारणले पारसकै अघि उनको विरोध गरेको भिडियोमा देखिन्छ ।

मोटरसाइकल चलाउँदा अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने, लाइसेन्स र ब्लुबुक बोक्नुपर्ने नियम छ ।

तर पारससँग हेलमेट त थिएन नै, सायद उनीसँग लाइसेन्स, ब्लुबुक पनि थिएनन् र उनी रक्सीले मातेका पनि थिए ।

उनलाई पक्राउ गरी कानुन अनुसार कारवाही नै नगरी सरकारले छोडेको छ । शतिशाली व्यक्तिहरुदेखि डराउने र उनीहरुलाई उन्मूक्ति दिने र सर्वसाधारण जनतालाई मात्र कानुनले पेल्ने राज्यको परम्परागत चरित्रको अन्त्य हुन सकेको छैन ।

कानुन सबैका लागि समान हो । पारस शाह त के राष्ट्रपति र प्रधानमन्त्री पनि कानुन अनुसार चल्नुपर्छ ।

तर पटकपटक यस्तो हर्कत गरिरहने पूर्वराजा ज्ञानेन्द्र शाहका पुत्र पारस शाहलाई यस पटक पनि विना कारवाही छोडिएकोमा सरकारले जनतालाई जवाफ दिनुपर्छ ।

भिडियाे लिंक

https://www.facebook.com/salpaonline/videos/4461669107197076

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्