दार्चुला घटनाको छानविन गर्न सरकारद्वारा समिति गठन

सरकारले दार्चुला घटनाको छानविन गर्न समिति गठन गरेको छ ।

गृहमन्त्रालयले जयसिंह धामी दार्चुलाको मालघाट र भारतको गस्कुबाट तुइनको प्रयोग गरी महाकाली नदी तर्ने क्रममा वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको हो ।

गृह मन्त्रालयका अनुसार गृहमन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको अध्क्षतामा छानविन समिति गठन गरेको हो ।

समितिमा डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका एसएसपी सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्