बागलुङमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते

बागलुङमा आज (साेमबार) बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घाइते भएका सबैलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पठाइएकाे जानकारी दिए ।

उनका अनुसार बसमा २२ जना यात्रु थिए ।

सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्