जसपा नेता याक्खालाई पितृशोक

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दीपक याक्खालाई पितृशोक परेको छ ।

याक्खाका पिता कृष्णप्रसाद याक्खाको आज बिहान काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारकको क्रममा निधन भएको छ ।

भूतपूर्व ब्रिटिश आर्मीसमेत रहेका कृष्णप्रसाद याक्खा लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए ।

किरात याक्खा छुम्माका महासचिव समेत रहेका जसपा नेता याक्खालाई पितृशोक परेपछि पार्टीका नेता तथा कार्यकर्ता, सामाजिक संस्थाका प्रतिनिधि तथा साथीभाइ र शुभचिन्तकहरुले सामाजिक सञ्जालबाट समवेदना प्रकट गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्