कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
पशुपक्षीसम्बन्धी कसुर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने म्याद लिएर अनुसन्धान थालिएको छ ।