कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

पशुपक्षीसम्बन्धी कसुर गरेको आरोपमा निजहरुलाई  जिल्ला अदालतबाट नौ दिने म्याद लिएर अनुसन्धान थालिएको छ ।

Please enter your comment!
Please enter your name here