पछिल्लाे २४ घण्टामा थप २ हजार ९७५ जनामा काेराेना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५४ पिसिआर परीक्षण गरिएकाेमा दुई हजार ९७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाे हाे ।

यस्तै, चार हजार ९४४ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १३२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५३५ जना कोरोना संक्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

योसँगै नौ हजार ९९७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्