नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अवसर आए आफू राजनीतिमा आउन सक्ने बताएका छन् ।

मंगलबार मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे घाेषणा गरेका खड्काले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् ।

तर तत्कालका लागि भने आफूले नेपालमा क्रिकेटकाे विकासलाई प्राथमिकता दिने प्रष्ट पारे ।

पत्रकार सम्मेलनमा उनले भने, ‘एउटा खेलाडीका रुपमा मैले पार्न सक्ने इम्प्याक्ट यति नै थियो । अब व्यवस्थापनमा आउन मन छ ।’

सन् २००४ मा नेपालको राष्ट्रिय टिममा डेब्यू गरी २००९ देखि २०१९ सम्म नेपालको कप्तानी गरेका खड्काले तत्काल आफू क्रिकेट विकास र प्रवर्धनका लागि ब्यवस्थापकीय जिम्मेवारीमा आउने बताए ।

अचानक सन्यास लिनुको कारणबारे उनले भने, ‘उमेर ३४ वर्ष मात्रै भए पनि नेपाली क्रिकेटमा मैले करिब लामो समय बिताएको छु, तसर्थ यो हतारको उद्घोष होइन ।’

Please enter your comment!
Please enter your name here