सर्पे दमाईलाई डाेरीले बाँधेर कुटपिट गर्ने वडाअध्यक्ष पक्राउ

स्थानीय एक युवकलाई डोरीले बाँधेर कुटपिट गर्ने जाजरकोटस्थित जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

वडाअध्यक्ष नेपालीले नै गत साउन १५ गते सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।

जाजरकोट प्रहरीले उक्त भिडियाेका आधारमा वडाअध्यक्ष नेपालीलाई पक्राउ गरेकाे हाे ।

जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो ।

तर पीडकले भने वडाअध्यक्षविरुद्ध जाहेरी दिएका छैनन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्