उपाध्यक्षको ससुराको मृत्यु हुँदा गाउँपालिकाभरि नै विदा

अधिकारको नाममा स्थानीय तहका जनप्रतिनिधिहरुले के सम्म गरिरहेका छन् ? भन्ने बुझ्न तेह्रथुम जिल्लास्थित मेन्छयायेम गाउँपालिकाको आजको निर्णय हेर्दा पनि पुग्छ ।

गाउँपालिकाले उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधन हुँदा समेत गाउँपालिकाभरि विदा दिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले आज शोक विदा भन्दै सूचना निकालेका छन् ।

जसअनुसार उपाध्यक्ष गौतमका ससुराको ९६ वर्षको उमेरमा हिजो राति ११ः ४० बजे निधन भएको छ । सोही कारण गाउँपालिकाभरि स्वास्थ्य सेवाबाहेक सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरिएको सूचना छ ।

संविधानले अधिकार दियो भन्दैमा कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले यसअघि पनि यस्तै अनावश्यक, अव्यवहारिक र ठालु प्रवृत्ति झल्कने निर्णय गर्दा जनताले आलोचना गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्