घुस लिन अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित

महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार गर्दै घुस दिन खोज्नेलाई उल्टै कानुनी दायरामा ल्याउने ३६ जना ट्राफिक प्रहरीहरुलाई शुक्रबार एक कार्यक्रम गरी पुरस्कृत तथा सम्मान गरेकाे छ ।

सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगदसहित बृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएकाे छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको छ ।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईका अनुसार घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ३६ जनालाई पुरस्कृत एवम् सम्मान गरिएकाे हाे ।

नगद पुरस्कृतसहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक शंकर खड्कासहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन् ।

यसैगरी प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापति, नारायण दत्त भट्ट, पदम सिंह धामी, प्रमानन्द यादव, बसन्त कुमार गौतम, बिरेन्द्र कलवार, शम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बिक, प्रकाश थापा, प्रज्ञान केसी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेशकुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर खड्कालाई पनि खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरिएकाे हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्