आज २७ औं विश्व आदिवासी दिवस, प्रधानमन्त्री देउवाले दिए शुभकामना

आज अगस्ट ९ का दिन नेपालसहित विश्वभरका आदिवासीहरुले २७ औं विश्व आदिवासी दिवस मनाउँदै छन् ।

यसवर्ष ‘कसैलाई पछाडि नछोडौंः आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आव्हान’ भन्ने नाराका साथ विश्व आदिवासी दिवस मनाइँदै छ ।

नेपालमा नेपाल आदिवासी जनजाति महासंघ लगायत आदिवासीजन्य संस्थाहरुले विविध कार्यक्रमहरुको आयोजना गरी आदिवासी दिवस मनाउँदै छन् ।

यसवर्ष पनि विश्वभर फैलिएको कोरोना महामारीका कारण भर्चुअल माध्यमबाटै कार्यक्रम आयोजना गरिएको छ ।

गतवर्ष पनि कोरोना महामारीका कारण आदिवासी दिवस प्रभावित भएको थियो ।

सोअघि भने काठमाडौं उपत्यकाको टुँडिखेलमा हजारौं आदिवासीहरुले सांस्कृतिक भेषभुषा र बाजागाजासहित भेला भएर भब्यताका साथ यो दिवस मनाउथे ।

उपत्यकाबाहिर विभिन्न प्रदेश वा जिल्लामा आदिवासीजन्य संस्थाको आयोजनामा यो दिवस मनाइन्थ्यो ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व आदिवासी दिवसको अवसरमा शुभकामना दिँदै नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीहरुको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन १६९ को प्रावधानलाई अनुमोदन गरिसकेकोले सो अनुसारका प्रावधानलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

उनले नेपाल र नेपाल बाहिर रहेका सम्पूर्ण आदिवासीहरुलाई शुभकामना दिँदै यस दिवसले आदिवासीहरुको अधिकार र मुद्दा सम्बोधन गर्दैै संसारभरका आदिवासी समुदायलाई एकैसुत्रमा बाँध्ने उल्लेख गरेका छन् ।

यता, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि विश्व आदिवासी दिवसको शुभकामना दिँदै नेपालको जातीय तथा राष्ट्रिय बनोटको विशिष्ट ऐतिहासिक सन्दर्भमा आदिवासी जनजातिको वैज्ञानिक परिभाषा र उत्पीडित जाति वा राष्ट्रियताहरुको मुक्तिको बाटोबारे थम विमर्श गर्नुपर्ने बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्