पहिचान, समानता र मानवअधिकारकाे लागि संसारभरिका आदिवासीहरु एकजुट हुनुपर्छ

अमेरिकामा बसाेबास गरिरहेका नेपाली आदिवासी जनजातिहरुको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङले संसारभरिका आदिवासी जनजातिहरुको पहिचान, समानता र मानवअधिकारको रक्षाकाे लागि एकजुट हुनुपर्ने बताएका छन् ।

अध्यक्ष चेम्जोङले हरेक वर्ष अगस्ट ९ मा मनाइने विश्व आदिवासी दिवसको सन्दर्भमा हिजाे एक शुभकामना पत्र जारी गर्दै संसारभरिका आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको पहिचान, समानता र मानवअधिकार रक्षाका लागि एकजुट हुनुपर्ने बेला आएको भन्दै सबैको ध्यानाकर्षण गराएका हुन् ।

‘संयुक्त राष्ट्र संघले पारित गरेको यस वर्षको Leaving no one behind: Indigenous peoples and the call for a new social contract भन्ने मूल नाराका साथ २७औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस हामी भव्यरुपमा सम्पन्न गर्न गइरहेका छौं । विश्वमा आदिवासीहरुको मात्र सात हजार भन्दा बढी भाषाहरु छन् भने पाँच हजार भन्दा धेरै संस्कृतिहरु मनाउँदै आइरहेका छन् । ९० मुलुकमा बसोबास गर्ने आदिवासीहरुको संख्या ३७० मिलियन छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘संसारभरिका आदिवासी जनजातिहरु, सीमान्तकृत समुदायहरुको पहिचान, समानता, मानवअधिकारको रक्षाको लागि हामी सबै एकजुट हुने बेला आएको छ । सबैलाई यसप्रति ध्यानाकर्षण गराउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्