विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

गत सोमबार (अगस्ट ९) बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणकाे कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

उक्त बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणमा घिसिङलाई नियुक्त गर्ने प्रस्ताव पेस गरेकी थिइन् ।

प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । शाक्यले अहिलेसम्म खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिएकाे हाे ।

शाक्यले यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जही पनि काम गर्ने बताएका थिए ।

यसैबीच, प्राधिकरणमा घिसिङ नियुक्त भएपछि साेकाे खुसियालीमा हिजाे साँझ काठमाडाैंकाे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएकाे छ ।

घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी लिएका थिए ।

उनले नेपालमा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य गरेका थिए । घिसिङको कार्यकाल २०७७ भदाै २८ गते सकिएकाे थियाे ।

त्यसबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्नुपर्ने जनताकाे आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्