सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलाई घर-घरमा पुगेर कोभिड-१९ विरुद्धको खोप सेवा दिन सरकारलाई अन्तरिम आदेश गरेको छ ।

शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाले सरकारकाे नाममा उक्त आदेश गरेका हुन् । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट निवेदन दर्ता गराएका थिए ।

खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घर–घरमा खोप सेवा दिन अदालतले अन्तरिम आदेश गरेको हाे ।

आदेशमा भनिएको छ, ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरु समेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर–घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनू ।’

Please enter your comment!
Please enter your name here