कृशला चाैधरीकाे हत्यामा संलग्न दुई जना पक्राउ

उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं ६ की कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले साेमबार पत्रकार सम्मेलन गरी चौधरीको हत्यामा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका-१ का २७ वर्षीय उचितलाल सदा र साेही ठाउँका २३ वर्षीय बिसे सदालाई सार्वजनिक गरेकाे हाे ।

प्रहरीले करिब १०० भन्दा बढी मानिसहरुमाथि अनुसन्धान गरेपछि अन्त्यमा दुई जनालाई सार्वजनिक गरेकाे हाे ।

१६ वर्षीया कृशलाको गत साउन १३ गते हत्या भएको खुलेकाे छ ।

उनकाे शव स्थानीय राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा ढुंगाले पुरेको अवस्थामा साउन १९ गते फेला परेकाे थियाे ।

शव सडेकाे र दुर्गन्धित अवस्थामा रहेकाेले सुरुमा पहिचान भएकाे थिएन । तर स्थानीयले बलात्कारपछि हत्या गरिएकाे आशंका गरेका थिए ।

कृशलाका बुबा प्रेमकुमार चौधरीले साउन २० गते खहरे खाेलामा भेटिएकाे शव आफ्नो छोरीको भएकाे बताएका थिए । बलात्कारपछि हत्या गरिएकाे हाे हाेइन भन्ने हाल पुष्टि हुन बाँकी रहेकाे छ ।

पक्राउ परेका उचितलाल सदाले आफ्नो घरबार बिगारेको निहुँमा कृशलाकाे हत्या गरेको भनी बयान दिएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार बयानका क्रममा सदाले आफूहरु साउन १३ गते दिउँसाे ३ बजेदेखि नै कृशलासँगै रहेको र सोही दिन रातको साढे १० बजेतिर हत्या गरेकाे बताएका छन् ।

एक जनाले छातीमा टेकेर घाँटी थिचेको र अर्काेले हातको मुड्की प्रयोग गरी कृशलाकाे हत्या सदाले बयान दिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्