राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ ।
उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।
शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष समेत हुन् । हाल मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष थिए ।
संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् ।
उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । दिउँसो ११ बजे पशुपति आर्यघाटस्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने छ ।