काबुल विमानस्थलमा १२ जना अफगानकाे मृत्यु

अफगानिस्तानको काबुल विमानस्थल र वरिपरि गरी १२ जनाको मृत्यु भएको छ ।

गत आइतबारदेखि बुधबारसम्म १२ जना अफगानको ज्यान गएको तालिबानले जनाएको छ ।

रोयटर्ससँगको कुराकानीमा तालिबानका एक अधिकारीले मृत्युको कारण खुलाउँदै गोली प्रहार र भगदौडमा किचिएको बताएकाे छ ।

यात्रा गर्ने अधिकार नरहेको र बाहिरिने उपाय नरहेकालाई घर फर्किन जोड दिएको बताउँदै तालिबान अधिकारीले विमानस्थलमा रहेका कसैलाई तालिबानले दुखित बनाउन नचाहेको दाबी गरेकाे छ ।

अफगानिस्तानबाट हजारौं सर्वसाधारण बाहिरिने प्रयास गर्दा विमानस्थलमा भागदौड भएको थियो ।

अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थलबाट बर्हिगमन ब्यवस्थित बनाउन गोलीसमेत चलाइएको थियो ।

काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । तर चारैतिर तालिबानको उपस्थिति बलियो देखिएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार सशस्त्र तालिबानले कागजात रहेका सर्वसाधारणलाई समेत विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्