४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा लगाइँदै

काठमाडौँ महानगरपालिकाकाे ३२ वटै वडामा आज (शुक्रबार)बाट कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ ।

चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो ।

जसका लागि महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै थप आठ खाेप केन्द्र ताेकिएकाे छ ।

थपिएका खाेप केन्द्रमा राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताल हुन् ।

खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ ।

भेराेसेलकाे पहिलाे मात्र शुक्रबार, शनिबार र आगामी मंगलबार तीन दिन लगाउन सकिने महानगरपालिकाका सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले बताए ।

खोप लगगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजात लानुपर्ने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्